Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संसदमा रास्वपाको संकल्प प्रस्ताव : शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाऔँ

    संसदमा रास्वपाको संकल्प प्रस्ताव : शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाऔँ

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 618
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै रास्वपा सांसद सुमाना श्रेष्ठले संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।



    मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासको बाधक भ्रष्टाचार रहेको भन्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गराएको जनाएको छ ।



    ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालय समेतका उच्च पदस्थ कर्मचारी र पदाधिकारीले घुस लिएको, सचिव र मन्त्री पदको दुरुपयोग गरेको लगायतका प्रकरणमा रहेका अपराधहरूमा कुनै कसुर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न नेपाल सरकारलाई निर्देशन दिनू,’ संकल्प प्रस्तावमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार