Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ८ प्रहरीको हत्याका नाइके ‘मोस्ट वान्टेड’ विकास दुवेद्वारा आत्मसमर्पण

    ८ प्रहरीको हत्याका नाइके ‘मोस्ट वान्टेड’ विकास दुवेद्वारा आत्मसमर्पण

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 5.7K
    SHARES

    कानपुर। भारतको कानपुर जिल्लामा  ८ प्रहरीको हत्यामा संलग्न ‘मोस्ट वान्टेड’ विकास दुवेले आत्मसमर्पण गरेका छन्। विकास दुबेलाई मध्य प्रदेशको उज्जैनस्थित मन्दिर नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    जुलाई २ मा विकास दुवे गिरोहले विक्रु गाउँमा प्रहरी टोलीमाथि गोली चलाएको थियो। आक्रमणमा परी ८ जना प्रहरीको मृत्यु भएको थियो।



    अभियुक्त दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा जाँदा भिडन्त हुँदा एक डीएसपी, तीन सब इन्स्पेक्टर गरी ८ प्रहरीको मृत्‍यु भएको थियो । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएका थिए ।



    दुबे ६० आपराधिक गतिविधिमा संलग्न रहेका थिए ।  यसअघी उत्तर प्रदेश प्रहरीको विशेष टास्क फोर्सले बिकासका सहयोगी अमर दुबेलाई हमिरपुरमा इन्काउन्टरमा मारे पनि दुबे भने जोगिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार