Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली

    गृह सचिवले लगाइदिए आईजीपी क्षेत्रीलाई फूली

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।

    गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।



    नवनियुक्त आईजीपी क्षेत्रीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई  उत्कृष्ट  संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने  उल्लेख गरेका छन् ।



    ३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली हिजोदेखी प्रहरी सेवाबाट अवकाश भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार