काठमाडौं । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद ठाकुर गैरेले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरेका हुन् ।
गैरेले भने, ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्मा यति छानबिन भएको छ यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ । आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ ।’
सांसद गैरेले नक्कली शरणार्थीसम्बन्धी जघन्य अपराधको अनुसन्धानबारे सरकारको जवाफ माग गरे । उनले सरकारको जवाफ आएपछि मात्र सदनको कारवाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षणसमेत गराए ।
एमालेले संस्थागत निर्णय गरेर दोषीलाई कारवाही गर्न माग गरेको स्मरण गराउँदै जघन्य अपराधको निश्पक्ष छानबिन गर्न माग गरेका छन् ।
Leave a Reply