Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ऋषि धमलाको प्राइम टिभीमा पत्रकारमाथि ज्यादती, जनताले अब के जान्न चाहन्छन् ?

    ऋषि धमलाको प्राइम टिभीमा पत्रकारमाथि ज्यादती, जनताले अब के जान्न चाहन्छन् ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 5.3K
    SHARES

    काठमाडौं ।  पत्रकार  ऋषी धमलाद्वारा सञ्चालित प्राइम टाइम टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकार नै तलब नपाएर मारमा परेका छन्। ‘जनता जान्न चाहन्छन्’ भनेर अन्तर्वातामा एकोहोरो रटान गरिरहने धमलाकै कारण पत्रकारहरुमाथि चरम ज्यादती भएको  टेलिभिजनकै एक पत्रकारले वताए।

    प्राइम टिभिले जबरजस्ती रुपमा कर्मचारी र श्रमजिवि पत्रकारलाई निकालेको पाइएको हो । कोरोना भाइरस कोभिड १९ को महामारीबीच प्राइम टिभिमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीमाथि ज्यादती गरेको पाइएको हो ।



    धमलाले आफ्नो सञ्चार गृहमा कार्यरत कर्मचारी हटाउन एभिन्युज टेलिभिजनबाट अनैतिक कार्य गरेको अभियोगमा निकालिएका निर्जल श्रेष्ठलाई अघि सारेको ती पत्रकारले जनाए।



    जसले यसअघि नै प्राइम टाइम टेलिभिजनकै सामन खरिदमा २० लाख रुपैयाँ हिनामिना गरेको आरोप खेपेका थिए । सोही आरोपमा बर्खास्तीमा परेका उनलाई श्रमजीविमाथि ज्यादती गर्नकै लागि अघि सारिएको कर्मचारीहरुको आरोप छ ।

    एमसीआर इन्जिनीयर उत्तम श्रेष्ठ, रिसेप्सनिस्ट राधा केसी, संवाददाताहरु सिर्जना कार्की र गीताञ्जली अधिकारीलगायत छन् एक दर्जन कर्मचारीलाई कोरोना महामारीबीच अन्यायपुर्वक निकालिएको पीडितले बताए ।

    पीडित कर्मचारीले पत्रकार महासंघलाई समेत गुहारेका  छन् । उनीहरुले लकडाउन अवधि वैशाख र जेठको तलब समेत नपाएको बताइएको छ ।

    टेलिभिजन अन्तर्वार्तामा  धमलाको स्वार्थ

    टेलिभिजन प्रस्तोता धमलाले आफूले लिने अन्तर्वार्तामा समेत स्वार्थ हेर्ने गरेको एक पत्रकार नै वताउंछन्। सुचना र जानकारी भन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भन्ने हेर्ने प्रवृतिका कारण धमलाले अथाह सम्पत्ति आर्जन गरेका छन् ।

    भारतीय दुताबाससँग बिशेष सम्बन्ध रहेका धमलाले भारतले नेपालको सीमा मिच्दा भारतकै पक्षमा हुने गरि आफ्नै अनलाइन र टेलिभिजनमा समाचार बजाएको पत्रकारहरु नै वताउंछन् । धमलाको टेलिभिजनमा लगानी समेत विवादित व्यक्तिहरुको रहेको पाइएको छ ।

    ट्रेडमार्क चोरीका अभियुक्त तथा टेन्सवर्ग बेयरका मालिक तेजेन्द्र खड्कालाई उनले लगानीकर्ताको रुपमा भित्र्याएका थिए । कुनै समय ठेकेदारको रुपमा काम गर्ने देवमान हिराचनले समेत टिभिमा लगानी गरेका थिए ।

    त्यस्तै, नेपाली कांग्रेसका नेता दीपक खड्का मात्रै होइन सहकारीको आवरणमा खुलेआम ठगी गर्दै आएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसँग धमलाको उठबस  छ ।

    उनले लालीगुराँसबाट ठगिएका पीडितहरुको समचार बजाउँछु भन्दै प्रोमो बजाएर धम्काएका थिए । तर, पछि लेनदेनमा सहमति भएपछि भने धमलालाई नै अन्य सञ्चारमाध्यममा आउने समाचार डिल गर्न खटाइएको थियो ।

    सहकारीको बिरुद्दमा प्रोमो बजाएर न्युज भने उल्टो बजाएपछि ठुलो रकमको मोलमोलाई भएको खुलेको थियो।

    लगानीकर्ताहरुको विवाद, कर्मचारी पत्रकारमाथि ज्यादती भइरहेपछि टेलिभिजन बन्द हुने अवस्थामा पुगेको हुँदा धमलले शेयर दिने भन्दै व्यापारीहरुसँग रकम मागेर हैरान पार्ने गरेको उक्त टिभीमा चर्चा हुने गर्दछ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार