Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संसदमा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

    संसदमा जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 681
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको हो ।



    कार्यव्यवस्था परामर्श समिति बैठकमा संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको छ ।



    प्रतिनिधिसभा नियमावलीको परिच्छेद– ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

    प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार