काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग लिडर जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग अंक बाँडेको छ ।
आईतबार च्यासल मैदानमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेलेको हो ।
मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
मनाङका लागि खेलको भिसों गुरुङ र समित श्रेष्ठले गोल गरेका थिए । त्यस्तै, यसअघि जावलाखेलका निकोटो मासोयाबि र हिसुब थपलियाले गोल गरेका थिए ।
जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।
Leave a Reply