Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सांसद आलेद्वारा सामुदायिक वनका अध्यक्षमाथि दुर्व्यवहार

    सांसद आलेद्वारा सामुदायिक वनका अध्यक्षमाथि दुर्व्यवहार

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौँ — वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम छानबिन गर्न गएको टोलीका सदस्य एवं सांसद प्रेमबहादुर आलेले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई गालीगलौज र हप्कीदप्की गरेका छन् ।

    सांसद आलेको उक्त व्यवहारपछि अनियमितता छानबिनमा संलग्‍न संसदीय उपसमितिको दायरामाथि नै प्रश्‍न उठेको छ ।



    छानबिनका लागि सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवको संयोजकत्वमा गठित उपसमितिका सदस्य आलेले कैलालीस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरीलाई हप्कीदप्की गरेको भिडियो मंगलबार सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उपसमितिमाथि प्रश्न उठाइएको हो ।



    आलेको आक्रामक शैली र व्यवहारमाथि सरोकारवाला निकाय र कर्मचारीवृत्तमै आलोचना भएको छ । कैलाली र कञ्चनपुरका सामुदायिक वन उपभोक्ता समूहले सांसद आलेको शैलीको चर्को आलोचना गरेका छन् ।

    उपसमितिले मंगलबार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार कटान भएको क्षेत्रमा स्थलगत भ्रमण गरेको थियो । त्यस क्रममा सांसद आलेले आक्रोशित हुँदै उपभोक्ता समूहका पदाधिकारीलाई धम्क्याउँदै भनेका थिए, ‘के मुखमा हेरेर कुरा गरेको, टाउको तल गर । मुखमा हेरेर कुरा गर्ने तँ को होस् ? तेरो वनमा कुन ठेकेदारको लगानी छ भन् ?

    समूहका पदाधिकारीले आफूले गल्ती नगरेको र सरकारको नीतिअनुसार काम गरेको बताइरहँदा आलेले ‘बढ्ता कुरा गर्छस्’ भन्दै धम्क्याएका थिए । उपसमितिका सदस्यसँगै गएका अन्य केहीले पनि वन कटान गर्नेलाई जेल हाल्नुपर्ने बताइरहेका थिए ।

    डोटीबाट निर्वाचित सांसद आलेले विगतदेखि नै सामुदायिक वन उपभोक्ता समूहले गरेका काममा प्रश्न तेर्स्याएर आर्थिक लाभ लिने गरेको स्रोतको दाबी छ । वैज्ञानिक वनमा भएको बेथिति अध्ययन गर्न बनाइएको संसदीय उपसमितिमा उनलाई राख्नु नै गलत भएको नेकपा सुदूरपश्चिमका नेताहरूले बताएका छन् । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार