Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने

    सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 906
    SHARES

    काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका हुन् ।



    सुरुमा संक्षिप्त रुपमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने र त्यसपछि बाँकी नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड पढ्नेबारे आईतबार बसेको शिर्ष दलका नेताहरुको बैठकमा सहमति भएको हो।



    आगामी जेठ ३ गते संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिले औपचारिक निर्णय लिने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार