Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • संसदीय समितिको नेतृत्वबारे प्रमुख तीन दलबीच सहमति

    संसदीय समितिको नेतृत्वबारे प्रमुख तीन दलबीच सहमति

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 561
    SHARES

    काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संसदीय समितिबारे सहमति जुटाएका छन् ।

    बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको हो ।



    तीन दलको सहमतिअनुसार प्रमुख प्रतिपक्षी दलको हैसियतमा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ । यस्तै राष्ट्रिय सभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको सभापति एमालेले पाउने भएको छ ।



    सत्तापक्षबाट राज्य व्यवस्था तथा सुशासन समिति कांग्रेसले लिने तथा पूर्वाधार विकास समिति माओवादीले पाउने मोटामोटी सहमति भएको छ ।बालुवाटारमा भएको सहमतिअनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने बताइएको छ।

    त्यसका लागि सिंहदरबारमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माअ‍ोवादीका सचेतक हितराज पाण्डे सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार