काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल स्काउटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रपति जिम्मेवार बनाउन सहज हुने बताए ।
नेपाल स्काउटका संरक्षक समेत रहेका मन्त्री लिम्बुले ‘एक घरः एक स्काउट’ को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने उल्लेख गर्दै त्यससँग सम्बन्धित कानूनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्काउट अन्तर्राष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरी मुलुकको समृद्धि र विकासका लागि संकल्प लिएर अघि बढ्नुपर्ने मन्त्री लिम्बुको भनाई थियो ।
Leave a Reply