काठमाडौं । मोदी इनर्जीको आइपिओ आज बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
Leave a Reply