एजेन्सी । कर्नाटक विधानसभा चुनावमा पराजित भएपछि राज्यका मुख्यमन्त्री तथा भाजपा नेता बसवराज बोम्मईले राजीनामा दिएका छन् ।
उनले बेंगलुरुमा राज्यपाल थावर चन्द गहलोतसँग भेटेर शनिबार राति राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बसवराज बोम्माईले समय मागेर आफूले गभर्नरलाई राजीनामा बुझाएको बताए । उनको राजीनामा स्वीकृत भएको छ ।
उनले यो निर्वाचनमा पराजयको जिम्मेवारी आफूले लिने बताए ।
Leave a Reply