Online Nepal
  • बिहिबार, २० मंसिर २०८१
  • नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल गरिदिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल गरिदिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 786
    SHARES

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संवेदनशीलतालाई मित्रराष्ट्रले ख्याल राख्नु पर्ने बताएकी छिन् ।

    नेपालको भूभाग लिम्पियाधुरा क्षेत्रको बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।



    पूर्वराष्ट्रपति भण्डारीले छिमेकी देशहरुबीचको आपसी सम्बन्धमा विश्वासको नवीन आयाम थप्न अग्रसर हुनुपर्नेमा जोड दिईन् ।



    पूर्वराष्ट्रपति भण्डारीले भनिन,‘हामीले हाम्रो गौरवशाली इतिहासबाट मातृभूमि प्रतिको अविचलित समर्पण र निष्ठाका लागि सधैँ उत्प्रेरणा लिनुपर्दछ । दक्षिण एसियामा मात्र नभएर विश्वमा नै सदियौँदेखि आफ्नो अभिछिन्न अस्तित्व र प्रतिष्ठा कायम राख्न नेपालले अभूतपूर्व स्तर सङ्घर्ष गरेको विषय सर्वविदितै छ । ’

    भण्डारीले छिमेकी देशसँग कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र दलका नेताहरू संवेदनशील हुनुपर्ने कुरामा समेत जोड दिएकी छिन् ।

    उनले हाम्रा पुर्खाहरूप्रति सधैँ उच्च सम्मान गर्नुपर्ने बताउँदै इतिहासका गम्भीर मोडहरूमा हाम्रा वीर पुर्खाहरूले लिएका ऐतिहासिक निर्णय प्रस्तुत गरेका त्यागबाट वर्तमानका चुनौतीहरूको सामना गर्ने मार्गदर्शन प्राप्त गर्नुपर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार