Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतीय विस्तारवादको बिरोध गर्दै प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

    भारतीय विस्तारवादको बिरोध गर्दै प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पक्षमा एकाएक देशभर जनलहर उर्लिएको छ।

    नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजिनामा मागेसँगै एकाएक माहोल तातेको छ ।



    काठमाडौँको  कोटेश्वर, कलंकी, चावहील, गोंगबु, असन, लगनखेललगायतका स्थानहरुमा हजारौंको संख्यामा उपस्थित भएका युवाहरुले प्रधानमन्त्री ओलीको पक्षमा बृहत प्रदर्शन गरेका हुन् ।



    काठमाडौं बाहिरका स्थानहरुमा पनि  आज प्रदर्शन भएका छन्। कोरोना संक्रमणको उच्च जोखिम हुँदा हुँदै पनि प्रधानमन्त्री ओलीको समर्थनमा हजारौं युवाहरु सडकमा आएका छन् । भारतीय दलालका नेपाली एजेन्टहरुलाई कठालोमा समातेर सडकमा पछार्ने समेत प्रदर्शनका क्रममा युवाहरुले उद्घोष गरेका छन् ।

    प्रदर्शनकारीहरुले राष्ट्रियताको चट्टानी अडानका साथ भारतलाई चुनौति दिने नेपालको एकमात्र नेता केपी शर्मा ओली भएको उल्लेख गर्दै भारतीय विस्तारवादको कडा रुपमा खण्डन गरेका छन् ।

    भारतीय दलालको भरमा राष्ट्रप्रेमी प्रधानमन्त्री ओलीलाई हटाई भारतको गुलामी गर्ने लक्ष्यका साथ राजिनामा मागिएको उल्लेख गर्दै बाँदरले आफ्नो घर पनि नबनाउने र अरुलाई पनि बनाउन नदिने भनेजस्तै नेकपाका ओली विरोधी नेताले देश पनि नबनाउने र अरुले बनाएको पनि देखिनसहेको भन्दै आक्रोस व्यक्त गरे ।

    स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले मुलुकलाई अन्धकार बनाउन तथा भारतीय गोटी बनी राजिनामा मागिएको भन्दै युवाहरुले बिरोध प्रदर्शन गरेको जनाएका छन्  ।

    सयौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर, ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार