काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान लाहोर पुगेका छन् ।
उनी आज बिहान आफ्नो घर लाहोर पुगेका हुन् । । त्यहाँ उनका समर्थकले स्वागत गरेका छन् ।
इस्लामाबाद उच्च अदालतले हिजो अल–कादिर ट्रस्ट मुद्दामा खानलाई दुई हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । एक भिडियो सन्देशमा खानले अदालतमा हिजो आफूलाई तीन घण्टासम्म बन्धक बनाएको बताए ।
इस्लामाबाद पुलिसले खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुनुपर्ने बताएको छ ।
Leave a Reply