Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यौन दुर्व्यहार काण्ड

    मदन राईविरुद्ध किशोरीले दिइन् प्रहरीमा जाहेरी

    मदन राईविरुद्ध किशोरीले दिइन् प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 888
    SHARES

    काठमाडौं । यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईविरुद्ध किशोरीले प्रहरीमा जाहेरी दिएकी छन् ।

    सात वर्षदेखि शुभम फाउन्डेसनमा बसेर बाहिरिसकेकी १६ वर्षीया किशोरीले राईविरुद्ध शुक्रबार काठमाडौंको तीनकुने प्रहरीमा जाहेरी दिएकी हुन् ।



    आरोपित मदन राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरिसकेको छ । अहिले अभियुक्त राई खोटाङ प्रहरीको हिरासतमा छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



    उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले यौनको आशयले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्नो गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउनेलगायत आरोप लगाएकी छन् ।

    यसअघि ७५ वर्षीय मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो । १६ वर्षीया किरोशीले काठमाडौंस्थित आफ्ना संरक्षकको रोहवरमा दिएको जाहेरी बानेश्वर प्रहरी वृत्तले खोटाङ जिल्ला प्रहरी कार्यालय पठाइसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार