Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • समाजवादीले सरिता गिरीलाई कारबाही गरेको पत्र संसदमा

    समाजवादीले सरिता गिरीलाई कारबाही गरेको पत्र संसदमा

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

    लिम्यिाधुरासहितको नेपालको नयाँ नक्साको विरोधमा संशोधन हालेको र फिर्ता लिन गरेको आग्रह स्वीकार नगरेको भन्दै समाजवादी पार्टीले गिरीलाई पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।



    कानुनी प्रक्रिया मिले नमिलेको हेरेर संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्ने र सभामुखबाट निर्णय भएपछि सांसद पद निलम्बनबारे सूचना जारी गर्ने सचिवालयले जनाएको छ ।



    गिरीलाई कारबाही गरिएको पार्टीको पत्र लिएर समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत संसद् सचिवालय पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार