Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले डाकेको बैठकमा मेयर बालेन अनुपस्थित

    फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले डाकेको बैठकमा मेयर बालेन अनुपस्थित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 765
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बोलाएको छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अनुपस्थित भएका छन् ।

    संघीय सरकारका पाँच मन्त्रीसहितको सो बैठकमा मेयर शाह भने अनुपस्थित बनेका हुन् ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य मन्त्री र सचिव, वाग्मती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुखलाई डाकिएको थियो ।



    बैठकमा सिसडोल र त्यस आसपासका सरोकारवाला नागरिक अगुवाहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री डाकेको उक्त बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने बैठक बहिष्कार गरेका छन् । उनी बैठकमा अनुपस्थित देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार