काठमाडौं । राजधानीमा जारी सहीद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिस क्लबले संकटालाई २–१ गोल अन्तरले पराजित गर्यो।
यस जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारसहित १९ अंक छ ।
पराजित संकटा १७ खेलबाट २० अंकसहित दशौं स्थानमै कायम छ ।
त्यस्तै, शुक्रबार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
बराबरीसँगै सातौँ स्थानमा रहेको मनाङले १७ खेलबाट २१ अंक जोडेको छ ।
समान खेलबाट २१ अंक जोडेको हिमालयन शेर्पा भने लिगको नवौँ स्थानमा छ ।
Leave a Reply