Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री प्रचण्ड

    दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 495
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्नका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्र सहकार्य आवश्यक रहेको बताएका छन् ।

    लगानी बोर्ड नेपालले स्ट्याण्डर्ड चार्टर्ड बैंक र आर्थिक पत्रकार समाज सेजनको सहकार्यमा आयोजना गरेको नेपालका लागि वित्तीय सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग साझेदारी गर्न सरकार तयार रहेको बताए।



    उनले नेपालले दिगो समाधानमार्फत् लगानीको खाडल पूरा गर्न विदेशी लगानी आकर्षित गरि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको भन्दै लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले देशमा रणनीतिक पूर्वाधार परियोजनाहरूको विकास र रोजगारी सृजनाका लागि वित्तीय सम्मेलनहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार