Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मौद्रिक नीति समीक्षा : निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत (पूर्णपाठसहित)

    मौद्रिक नीति समीक्षा : निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 693
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

    शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले निमार्ण व्यवसायीको कर्जालाई पुन:संरचना पुन:तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको हो ।



    राष्ट्र बैकले वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको ५ करोडसम्म कर्जालाई पुन:संरचना र पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।



    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुन:संरचना र पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने जनाएको छ ।

    अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताको आधारमा उक्त कर्जालाई पुन:संरचना र पुन:तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार