काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवा भागेर सिंगापुर पुगेको हल्ला फैलिएपछि देउवाको सचिवालयले आरजु काठमाडौंमै रहेको स्पष्ट पारेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु सिंगापुर पुगेको हल्ला फैलिएको थियो ।
आरजु हिजो अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी सचिवालयले जनाएको छ । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरेकी थिइन् ।
हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् । एउटा युट्यूव च्यानलले आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको सामग्री प्रसारण गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बुधबार प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र मात्र नभई राजनीतिक वृतमै तरंग पैदा भईरहेको छ ।
Leave a Reply