एजेन्सी । अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग भेट गरेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।
दुई पक्षबीच युक्रेनमा जारी युद्ध र चीन–ताइवान सम्बन्धलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको बताइएको छ ।
उच्च अधिकारीबीचको यो भेटवार्ताले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच सम्भावित भेटवार्तालाई बलियो बनाएको छ ।
Leave a Reply