Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • संस्थापक सेयर विवाद

    बुद्ध एयरले भन्यो – शिवेन्द्रसँग कुनै सम्बन्ध छैन, २०५६ साल मै बाहिरिएका थिए

    बुद्ध एयरले भन्यो – शिवेन्द्रसँग कुनै सम्बन्ध छैन, २०५६ साल मै बाहिरिएका थिए

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेतसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ । शिवेन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर ४० प्रतिशतको हकमा माग दाबी गरेपछि बुद्ध एयरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएको हो ।

    शिवेन्द्र बुद्ध एयरबाट २०५६ सालमा अलग भएको कम्पनीले जनाएको छ ।



    बुद्ध एयर प्रालिमा संस्थापक सेयरधनीको रुपमा स्व. सुरेन्द्र बहादुर बस्नेत र उनका जेठो छोरा तथा अहिलेका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत भएको कम्पनीमा पछि सुरेन्द्रका कान्छो छोरा शिवेन्द्र बहादुर बस्नेतले आफ्नो नाममा १४ प्रतिशत सेयर प्राप्त गरेका थिए ।



    कम्पनीमा पछि शिवेन्द्रले प्राप्त गरेका १४ प्रतिशत सेयर पनि २०५६ सालमा बिक्री गरी कम्पनीबाट बाहिरिएको बुद्ध एयरले जनाएको छ ।

    बुधबार शिवेन्द्रले पत्रकार सम्मेलन गर्दै आफ्नो ४० प्रतिशत सेयर रहेको बुद्ध एयरको हर हिसाब नदेखिई दाजु बीरेन्द्रबहादुर बस्नेतले एकलौटी गरेको आरोप लगाएका थिए । भाइ शिवेन्द्रले दाजु बिरेन्द्रमाथि लगाएको आरोपप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार