काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको अन्त्येष्टि गरिएको छ ।
नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मानसहित मुकेशको बिहीबार दिउँसो ३ बजे अन्त्येष्टि गरिएको हो ।
बनेपा नगरपालिका-७ स्थित उग्रतीर्थ घाटमा मुकेशको अत्येष्टि गरिएको हो ।
लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३२ वर्षिय मुकेशको बुधबार साँझ साढे ७ बजे उनको निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।
Leave a Reply