Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मुकेशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा

    मुकेशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बनेपा नगरपालिकाको प्राङ्गणमा

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.1K
    SHARES

    काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको पार्थिव शरीरमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

    कायस्थको शव श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिकामा राखिएको छ ।



    श्रद्धाञ्जलितपछि शवलाई सम्मानका साथ नगर परिक्रमा गरी दिउँसो २ बजे अग्रतीर्थ घाटमा अन्तिम संस्कार गरिने बताईएको छ ।



    लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत मुकेशको बुधबार साँझ साढे ७ बजे उनको निधन भएको हो ।

    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार