Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अर्थमन्त्री महत भन्छन् – विदेशी ऋण र सहयोग ल्याएर खर्च गर्न सजिलो छैन

    अर्थमन्त्री महत भन्छन् – विदेशी ऋण र सहयोग ल्याएर खर्च गर्न सजिलो छैन

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 633
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वैदेशिक ऋण र सहायता ल्याएर खर्च गर्न भने जस्तो नभएको टिप्पणी गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री महतले सो टिप्पणी गरेका हुन् ।



    सांसदले भनेजस्तो ऋण लिन र खर्च गर्न सहज नभएको उनले बताए । मन्त्री महतले राजस्व खस्किदै जाँदा ऋणको दायित्व बढ्दै गएको र आम्दानीको स्रोतमा प्रभाव परेको बताए ।



    आम्दानीका स्रोतहरूमा राजस्व, विदेशी सहयोग, अनुदान, बाह्य र आन्तरिक ऋण भएको भन्दै यस्ता स्रोत बढाउन सजिलो नहुने मन्त्री महतको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार