काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँग बुधबार समितिमा भएको छलफल पछि समितिले विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न सरकारलाई निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले सुरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सञ्चालन गर्न खुला गर्नुपर्ने बताएकी छिन् ।
Leave a Reply