Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेविसंघको खबरदारी – भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई चोख्याउने काम नहोस्

    नेविसंघको खबरदारी – भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई चोख्याउने काम नहोस्

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 747
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको ढाकछोप र उनीहरूलाई चोख्याउने काम नगर्न आग्रह गरेको छ ।

    अनुसन्धानमा सबैले सघाउनुपर्ने र कुनै दबाब तथा प्रभावमा अनुसन्धान प्रभावित हुन नहुने नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज निकालेको विज्ञप्तिमा आग्रह गरिएको हो ।



    नेविसंघले बुधबार बेलुकी विज्ञप्ति जारी गरेर प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्नेमा जोड दिएको छ।



    ‘अनुसन्धानमा सघाउनु सबैको कर्तत्य हो। कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन,’ अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नै पर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार