Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बुद्ध एयर शेयर विवाद : दाजु विरेन्द्र बस्नेतले हडप्न खोजेको भाइ शिवेन्द्रको दावी

    बुद्ध एयर शेयर विवाद : दाजु विरेन्द्र बस्नेतले हडप्न खोजेको भाइ शिवेन्द्रको दावी

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र ठूलो एयरलाइन्स भनेर प्रचार गर्दै आएको बुद्ध एयरपभित्र पनि शेयरको विषयलाई लिएर लफडा शुरु भएको छ । आफ्नै दाजुभाईबीच हिसाब किताब नदेखाइएको भन्दै झगडा शुरु भएको हो । शेयरहोल्डरमध्येका एक शिवेन्द्रबहादुर बस्नेतले आफूले हिसाब नपाएको भन्दै पत्रकार सम्मेलनको नै आयोजना गरेपछि बुद्ध एयर भित्रको विवाद बाहिर आएको हो ।

    शिवेन्द्र बुद्ध एयरका हालका सञ्चालक एवं प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतका भाई हुन् । बुबाको मृत्युपछि ४० प्रतिशतको शेयरको हिसाब नदिएको भन्दै उनले पत्रकार सम्मेलन नै गरी गुनासो गरेका हुन् । दाजु वीरेन्द्रसँग एयरको हिसाब खोज्दा नदिएको बताएका उनले आफ्ना मान्छेलाई कार्यालयमा जान समेत प्रतिवन्ध लगाएको बताएका छन् ।



    बुद्ध एयरमा शुरुमा विरेन्द्र र उनका बाबु सुरेन्द्र बाहादुर बस्नेतको नाममा शेयर रहेको थियो । सुरेन्द्रले आफ्नो नाममा ८० प्रतिशत शेयर राखेका थिए भने बाँकी २० प्रतिशत शेयर छोरा विरेन्द्रका नाममा राखेका थिए । शिवेन्द्रको दावी अनुसार उनका बाबु सुरेन्द्रले पछि भने शेयर बाँटफाँट गरेका थिए ।



    शिवेन्द्रका अनुसार उनका बाबु सुरेन्द्रको नाममा रहेको ८० प्रशित शेयर मध्ये ४० प्रतिशत दाजु वीरेन्द्र बहादुर बस्नेतसहित उनको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत शेयर आफ्नो परिवारका सदस्यको नाममा गरिदिएका थिए । जसअनुसार वीरेन्द्र बहादुर बस्नेतको नाममा ६० प्रतिशत र आफ्नो परिवारको नाममा ४० प्रतिशत शेयर स्वामित्व रहेको शिवेन्द्रको दावी छ ।

    कामको सिलसिलामा अमेरिकामा बसोबास गर्न थालेको र व्यवसाय पनि उतै सञ्चालन गर्न थालेपछि आफूले बुद्ध एअरमा प्रत्यक्ष रुपमा काम गर्न नपाएको पनि उनले स्वीकार गरे । यद्यपी नफा घाटाको हिसाब किताब भने देखाउनु पर्ने उनको भनाई थियो ।

    पत्रकार सम्मेलनमा उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘एअरलाइन्समा बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत शेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुर बस्नेतको नाममा २० प्रतिशत शेयर कायम थियो । पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित शेयर मध्ये ४० प्रतिशत दाजु वीरेन्द्र बहादुर बस्नेतसहित उहाँको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत शेयर मेरा परिवारका सदस्यको नाममा गरिदिनुभएपछि पछिल्लो समय वीरेन्द्र बहादुर बस्नेतको ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत शेयर स्वामित्व रहेको छ ।’

    आफू कम्पनीको ४० प्रतिशतको हिस्सेदार भएपनि अख्तियारप्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा जान समेत नदिइएको पनि उनले गुनासो गरे । विज्ञप्तिमा भनिएको छ–‘कम्पनीमा ४० प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको तर्फबाट अख्तियार प्राप्त गरि म शिवेन्द्र बहादुर बस्नेतले बुद्ध एअर प्रालिले गरिरहेका काम कारबाही, यसको आर्थिक हिसाब किताब हेर्ने तथा यसका योजनाहरू

    का बारेमा जान्ने र संस्थाको छविलाई अझै कसरी माथि उठाउन सकिन्छ भनेर यसको वास्तविक अवस्थाका बारेमा बुझ्ने खोज्ने काम भयो । यसको लागि ४० प्रतिशत शेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो । तर, हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन । उल्टै हिसावकिताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदारमाथि नै विभिन्न आरोप लगाउन थालियो । फलस्वरुप ४० प्रतिशतको हिस्सेदारको अख्तियारप्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा जान समेत दिइएन ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार