Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कास्कीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    कास्कीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.5K
    SHARES

    कास्की । कास्कीमा बुधबार थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।



    पोखरा महानगरपालिकाको २६, २५, ३१, ५१, ४५, २५, ४३, ३२, २५ र ३५ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण भएको हो । मादी गाउँपालिकाका २८ वर्षीय पुरुषका साथै ३५ र ३७ वर्षीया महिलामा कोरोना देखिएको शर्माले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार