Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

    सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 597
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृतमा तरंग पैदा भईरहेको बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको हो।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेता समेत रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए ।



    त्यस्तै, एमालेका सचिव टोपबहादुर रायमाझी  पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई बुधबार दिउँसो पार्टीले निलम्बन गरेको छ ।

    भुटानी शरणार्थी प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा मुछिरहेका बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार