Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

    भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 690
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका हुन्।



    सभामुख घिमिरेले भने, ‘अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’



    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई छिटो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन सभामुखको रुलिङको माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार