Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पूर्व गृहमन्त्री खाँण प्रक्राउ परेपछि प्रदीप पौडेलले भने – नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्छ

    पूर्व गृहमन्त्री खाँण प्रक्राउ परेपछि प्रदीप पौडेलले भने – नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 888
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

    कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।



    नेता पौडेलले लेखेका छन्,’नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।’



    को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने पौडेलको भनाई छ ।

    पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई पार्टीले पूर्णरूपमा सहयोग गर्नुपर्ने बताए ।

    नेता पौडेलले अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानूनी कठघरामा ल्याउन सरकारसँग माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार