Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कांग्रेस नेता कोइरालाले भने – नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिनु हुँदैन

    कांग्रेस नेता कोइरालाले भने – नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिनु हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 759
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिन नहुने बताएका छन् ।

    विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    नेता कोइरालाले शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताए । नेता कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए ।



    नेता कोइरालाले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन । ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्‍याउँछ ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताए । उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार