काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई छाड्न खोजिए रास्वपा हेरेर मात्रै नबस्ने बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले उक्त प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका हुन् ।
उनले लेखेका छन्, “खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।”
लामिछानेले शीर्ष नेताहरुको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन र नाम आएकाहरुमाथिको अनुसन्धान फितलो देखिएको उल्लेख गरेका छन् । उनले सोधेका छन्, “प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!”
Leave a Reply