काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिड बराबरीमा रोकिएका छन् ।
स्पेनको मड्रिडस्थित सान्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली मड्रिड इङ्ग्लिस क्लब सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ३६ औँ मिनेटमा रियलका तर्फबाचट भिनिसियस जुनियरले गोल गरे । खेलको ६७ औँ मिनेटमा सिटीका तर्फबाट केभिन डी ब्रुइनाले गोल गरे ।
सेमिफाइनलको दोस्रो लिगमा अर्को हप्ताको बुधवार राति यी दुई टोलीले सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आमनेसामने हुनेछन् ।
Leave a Reply