Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

    नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 567
    SHARES

    फाइल फोटो

    काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह बाहिरिन पुगेको हो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीको कोषाध्यक्ष र केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, भ्रातृ संगठनहरू र विभाग गठन गर्न नसकेको आरोप लाग्ने गरेको छ ।



    यसका साथै सभापति देउवाले सरकारमा पठाउने मन्त्रीका विषयमा समेत एकल निर्णय गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।



    वर्तमान दश दलीय गठबन्धन सरकारमा कांग्रेसले पाएका नौ मन्त्रालयमा सभापति देउवाले पार्टीका उपसभापतिरमहामन्त्री र अर्को समूहका नेताहरूसँग छलफल नै नगरी एकलौटी मन्त्रीको नाम सिफारिस गरेको महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा समूहका नेताहरूले बताएका छन् ।

    महामन्त्री थापा र शर्माले पार्टी पुनर्जागरणका लागि अब चुप बसिरहन नसक्ने सार्वजनिक रूपमा चेतावनीसमेत दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार