Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

    निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 786
    SHARES

    काठमाडौं । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ ।

    ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले कर्मचारीसम्वद्ध सम्पूर्ण ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको हो ।



    सरकारले सबै ट्रेड युनियनको खारेजी गर्दै राष्ट्रिय स्तरको एकमात्रै ट्रेड युनियन राख्न प्रस्ताव गरेको छ ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि बढाएको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीका दलीय ट्रेड युनियन खारेजीको प्रस्ताव गर्दै राष्ट्रिय स्तरको एकल ट्रेड युनियन राख्न व्यवस्था गरिएको छ ।

    मन्त्रालयले सो विधेयकलाई दुई महिनाअघि नै अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाएको थियो । तर, ती मन्त्रालयबाट परामर्श र स्वीकृति प्रदान नभएकाले विधेयक अघि बढ्न सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार