काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्रि-बजेटका बारेमा सांसदले राखेका धारणाका बारेमा आज अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।
गत आइतवार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
अर्थमन्त्री डा.महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।
Leave a Reply