काठमाडौं । पार्टी एकताबारे छलफल गर्न राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका छन्।
मङ्गलवार दिउँसो आलोकनगर पुगेका गौतमले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी एकताबारे छलफल गरेका हुन् ।
गौतम एमाले छाडेर राष्ट्रिय एकता अभियानको नाममा छुट्टै राजनीतिक पार्टीको अभ्यास गरिरहेका छन भने उनलाई आफ्नो पार्टीमा ल्याउन नेपालले प्रयास गरिरहेका छन् ।
एकीकृत समाजवादी स्रोतका अनुसार पछिल्ला छलफल गौतम सो विषयमा सकारात्मक हुँदै गएका छन् ।
Leave a Reply