Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भयो, अब तपाईंहरूको साथ चाहिन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भयो, अब तपाईंहरूको साथ चाहिन्छ

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 513
    SHARES

    काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ लडाइँ सुरू भएको बताएका छन् ।

    काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले ले भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो। तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’

    प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार