Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना परीक्षणमा ल्यावको हेलचेक्य्राईं, स्वास्थ्य मन्त्रालय मौन

    कोरोना परीक्षणमा ल्यावको हेलचेक्य्राईं, स्वास्थ्य मन्त्रालय मौन

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन विभिन्न ठाउँको नमुना संकलन गरी परीक्षण गरिरहेको छ।

    पहिलो चरणमा १० स्थानको नमुना संकलन गरिएकोमध्ये नख्खु र तीनकुनेको नतिजा भने आइसकेको छ ।



    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यी दुई ठाउँका २ सय २८ जनाको स्वाब संकलन गरिएकोमा असार २२ गते सोमबार सबैको नतिजा नेगेटिभ आएको जानकारी गराए ।



    तर, अघिल्लो बुधबार (असार १७ गते) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ सय १४ नमुनाको पीसीआर परीक्षण गर्दा सबैको पोजिटिभ नतिजा आयो ।

    त्यसैगरी गत शुक्रबार (असार १९ गते) पाटन अस्पताल ललितपुर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सेती प्रादेशिक अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढीमा संकलित नमुनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा पोजिटिभ आयो ।

    पाटन अस्पतालमा गरिएको २ सय ७ नमुना, त्रिवि शिक्षण अस्पतालमा गरिएको ९६ नमुना र सेती प्रादेशिक अस्पतालमा गरिएको ६५ नमुनाको पीसीआर परीक्षणमा सबै नतिजा पोजिटिभ देखिएको थियो ।

    यसबारे विज्ञहरू परीक्षण गरेजति सबैको रिपोर्ट पोजिटिभ आउने संभावना निकै कम भएको बताउँछन् । धेरै ठाउँबाट संकलन गरिएका सबै नमुना एकै पटक पोजिटिभ हुनै विज्ञहरुको तर्क छ ।

    वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी, प्रयोगशाला विशेषज्ञ एवं पोखरा विश्वविद्यालयका उपप्रध्यापक उमेशप्रसाद गुप्ता, जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित शतप्रतिशत रिपोर्ट पोजिटिभ आउनै नसक्ने तर्क गर्छन् ।

    यसरी शत प्रतिशत रिपोटै पोजेटिभ आउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्ख्त्रालय भने कानमा तेल हालेर बसेको छ । त्यसो त एक साता वितिसक्दा पनि कुनै प्रक्रिया अगाडि नबढ्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि सुने नसुनेझै गरेर बसेको प्रष्ट हुन्छ ।

    यद्यपी इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत प्रयोगशालालाई यसबारे खोजबिन गर्न निर्देशन दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार