Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय

    रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा हिजो बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई मंगलबार अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए ।

    यसअघि ‘रक्तावलोकितेश्वर’को रथारोहण बुधबार हुने भनिएको थियो । विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पनि बढ्दै गएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।



    केही दिनअघि संस्थान ललितपुरले तःबहालस्थित हाल राखिएको पाटीको भित्तामा समेत असार २४ गते रथारोहण हुने भनेर सूचना टाँस गरिसकेको थियो । “हालको समय र परिस्थितिका कारणका हामीले बुधबार रथारोहण गर्ने कार्यक्रम स्थगन गरेका हौँ’, संस्थान ललितपुरका कार्यालय प्रमुख भुजुले भने ।रासस



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार