Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सांसद यादवको प्रश्न– टोपबहादुर दोषी नभए प्रहरीबाट किन लुकेर बसेका छन् ?

    सांसद यादवको प्रश्न– टोपबहादुर दोषी नभए प्रहरीबाट किन लुकेर बसेका छन् ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 699
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै फरार एमाले नेता टोपबहादुरलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रायमाझी फरार भएपछि थप आशंका बढकोे भन्दै उनीसँगै सो प्रकरणमा दोषी देखिने सबैलाई आवश्यक कारबाही गर्नुपर्ने बताएका हुन् ।



    उनले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेता रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि गर्ने जिकिर गरे ।



    सांसद यादवले भने, ‘यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार