Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • निर्मला प्रकरणलाई बिर्सेर घर जाँदै आईजीपी ज्ञवाली

    निर्मला प्रकरणलाई बिर्सेर घर जाँदै आईजीपी ज्ञवाली

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। प्रहरी महानिरीक्षक(आईजीपी) ठाकुर ज्ञवालीको कार्यकाल कुनै पनि उपलब्धिबिना नै बितेको छ । १ सय ४९ दिन नेपाल प्रहरीको नेतृत्व सम्हालेका ज्ञवालीले आफ्नो पाँच महिने कार्यकालमा सिन्को काम गर्न सकेनन् ।

    उनी गत २८ माघमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । ज्ञवाली कार्यकालमा कतै आलोचित नहुने गरी नै अघि बढे । तर प्रहरीमा नतिजा आउने कुनै पनि काम भने गर्न सकेनन्। उनको कार्यकालमा प्रहरीलाई प्रदेशिक संरचनामा लैजान सक्ने अपेक्षासमेत थियो । तर उनले उनले कुनै चासो नै राखेनन् । गृह मन्त्रालयले सोबारे कार्यविधि नै ननबनाएका कारण त्यता पनि उनले जोगिने अवसर प्राप्त गरे ।



    आईजीपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने दाबी गरेका थिए । यो समयमा उनले त्यतातर्फ ध्यान नै लगाएनन् ।



    ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै सो घटनाको छानबिनमा संलग्न रहेकाले उनको कार्यकालमा निर्मला हत्याको रहस्य खुल्ने धेरैको अपेक्षा थियो ।

    उनी आईजीपी  बनेको करिब डेढ महिनापछि विश्वभर कोरोना महामारी फैलियो । यसबीचमा सबै क्षेत्र अस्तव्यस्त रहेका कारण उनले समेत कोरोनाकै कारण छाटो समयम चाहे जति काम गर्न नपाएको भन्ने अवसर प्राप्त गरेका छन् । प्रहरीको सरुवा र वढुवामा पनि उनी संकुचित रुपमा नै अघि बढे।

    आईजीपी ज्ञवालीले ३० वर्षे सेवा हदका कारण आजै अवकाश पाउँदै छन् । उनको बिदाइका लागि प्रहरी प्रधान कार्यालयले साँझ ५ बजे बिदाइ कार्यक्रम तय गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार