काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरूसँग भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्ने बताए ।
राष्ट्रपति पौडेलले आफूले संविधानलाई जबर्जस्ती व्याख्या नगर्ने बताएको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आइतबार राष्ट्रपति पौडेललाई भेटेर नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्रीले भेटेर फर्केलगत्तै राष्ट्रपति पौडेलले कानुनी परामर्श थालेका थिए ।
Leave a Reply