काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरिएको छ ।
सोमबार साँझ प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो ।
कार्की हाल कामु प्रधानन्यायाधीश छन् । अब कार्कीको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन् ।
चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए ।
Leave a Reply