Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ : शंकर पोखरेल

    भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 573
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा कारबाही हुनुपर्ने बताएका छन्।

    राष्ट्रिय युवा संघ, नेपालको प्रथम बैठकलाई तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाउने धन्धा राष्ट्रघाती भएको बताए।



    महासचिव पोखरेलले भने, ‘आशंकाको आधारमा कोही पनि व्यक्तिको बदनाम गर्न पाइँदैन। यो धन्धा नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा सुरू भएको हो। सूची तयार गर्ने काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको मन्त्रिस्तरीय निर्णयबाट भएको हो। भुटानी शरणार्थी पहिचान गर्ने नाममा मान्छे खोज्ने धन्धा गरियो।’

    महासचिव पोखरेलले भुटानी शरणार्थीको छुटेको विवरण संकलन गर्ने काम एमाले सरकारका समयमा नभएको स्पष्ट पारे । पोखरेलले यो विषय नेकपा एमाले सरकारका समयमा अगाडि बढाइएको भनी भ्रमपूर्ण प्रचार गरिएकोमा आपत्ति प्रकट गरे।

    उनले एमालेको नेतृत्वको सरकारका समयमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनका लागि सुझाव दिन कार्यदल बनाउने काम भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार